उज्यालो नेपाल पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको नेतृत्व र सत्ता संरचनासम्बन्धी प्रस्तावलाई एकपक्षीय, अवमूल्यनकारी र असन्तुलित ठहर गर्दै अस्वीकार गरिदिएको छ।
उज्यालो नेपाल पार्टीले सभापति, पार्टी नाम, चुनाव चिन्ह र प्रधानमन्त्री सबै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कैं रहने संरचना एकपक्षीय र अवमूल्यनकारी ठहर गर्दै प्रस्ताव अस्वीकार गरेको जनाएको छ ।
उज्यालो पार्टीका नेताहरूका अनुसार, यदि पार्टीको नाम र चुनाव चिन्ह उज्यालो नेपालको रहने हो भने अध्यक्ष र प्रधानमन्त्री पद छोड्न पनि तयार छन्। तर पावर सेयरिङमा सहमति नजुटेपछि रास्वपाले दबाब दिने शैली अपनाएको र ‘रवि-बालेन मिलेपछि उज्यालो नेपाल आफैं आउने’ भन्ने बुझाइ देखिएकाले रविसँग कुलमानको सहकार्य सम्भव नभएको निष्कर्षमा पार्टी पुगेको जनाएको छ।
उज्यालो पार्टीले एकता भनेको विन-विन आधारमा शक्ति बाँडफाँड हुनुपर्ने माग राखेको छ। ‘सभापति र भावी प्रधानमन्त्री पहिल्यै डिक्लियर गरेर मिलेर जाऔं भन्नु सामूहिक न्याय र शक्ति–सन्तुलनको दृष्टिले उपयुक्त हुँदैन भन्ने पार्टीले निष्कर्ष निकालेको छ ।
पार्टीले यदि पार्टीको नाम र चुनाव चिन्ह उज्यालो नेपालको रहने हो भने नेतृत्व र प्रधानमन्त्री पद छोड्न पनि तयार रहेको प्रस्ताव राखेको थियो। तर पावर सेयरिङमा सहमति नजुटेपछि रास्वपाले दबाब दिने शैली अपनाएको भन्दै उज्यालो पार्टीले यसरी एकतामा जान अस्वीकार गरेको जनाएको छ।
