• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपा बालेनलाई प्रधानमन्त्री बनाउने सहमतिपछि हर्क साम्पाङ यो भन्छन्


  • धनकुटा खबर
  • .

रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीचको सहमतिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हाँसोमा उडाएका छन् ।

आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसहितको ७ बुँदे सहमति भएको थियो ।

उक्त सहमतिप्रति टिप्पणी गर्दै धरान उपमहानगरपालिका मेयर समेत रहेका साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको बताएका छन् । यतिमात्रै होइन उनले विदेशीको इसारामा एकताको सहमति भएको गम्भीर आरोप समेत लगाएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाहा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! …. सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖