काठमाडौं, पुस १३ । नेकपा (एमाले) नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अब कुलमान घिसिङ र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मिल्न सक्ने अनुमान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत रवि–बालेनसँग नमिलेका कुलमान अब प्रचण्डसँग मिल्ने सक्ने जनाएका हुन्।
‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाले फेसबुकमा लेखेका छन्। कुनैबेला कुलमान प्रचण्ड निकट थिए। प्रचण्डकै पहलकदमीमा कुलमान नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए ।
प्रचण्डले कुलमानलाई कार्यकारी निर्देशक बनाए पनि एमाले सरकारले उनलाई हटाएको थियो। जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री रहेका घिसिङले मन्त्री पदमा रहँदै उज्यालो नेपाल पार्टीमार्फत् राजनीतिमा पाइला चालेका छन् ।
बालेन–रवि एकता गर्दा पनि अन्तिमसम्म कुलमानसँगै थिए। तर अस्तित्व संकट पर्ने भन्दै एकतामा गएनन्।
