• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बिहान यता हर्क साम्पाङको फेसबुकमा ३१ पोस्ट, रवि र बालेनको विरोध


  • धनकुटा खबर
  • .

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ राईले आफ्‌नो सामाजिक सञ्जाल फेसबुकमा आज बिहानबाट सवा ११ बजेसम्म ३१ बढी पोस्ट गरेका छन् ।

आज बिहान साढे ३ बजे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच भएको सहमतिको विरुद्ध उनले निरन्तर फेसबुक मार्फत विरोध गरिरहेका छन् ।

रवि पार्टी सभापति रहने र शाह आगामी निर्वाचनपछि प्रधानमन्त्री बन्ने सहमति बाहिर आएपछि साम्पाङले खिसीटिउरी गर्दै भनेका छन्, ‘हाहा… जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! फटाहाहरू‘ सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’

उनले लाइभ, स्ट्याटस र अन्य प्रयोगकर्ताहरूले बालेन र रवि विरुद्ध राखेको सामाग्रीहरू समेत शेयर गर्दै निरन्तर विरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖