काठमाडौं । सेयर कारोवारी दिपेन्द्र अग्रवाल धरौटी बुझाएर रिहा भएका छन्।
अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएसँगै उनी धरौटी बुझाएर रिहा भएका हुन्।
अग्रवाललाई १० दिनअघि काठमाडौंको चुनदेवी क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको सेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो।
