• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

यसकारण बिच्किएका रहेछन् रवि र बालेनसँग कुलमान


  • धनकुटा खबर
  • .

अस्तिसम्म रास्वपा,काठमाडौंका मेयर बालेन,ऊर्जामन्त्री कुलमान घिसिङ र केही जेन जी समूहबीच न्यायोचित बाँडफाँड गरेर चुनावमा होमिने भनी गरिएको प्रचारबाजी आज बिहान आइपुग्दा एकाएक ‘एआई’ को फोटो झैँ झर्यामझुरुम भएको छ । रवि लामिछानेको योजनामा सम्भावित एकीकृत रास्वपा पार्टीको वरीयतामा तेस्रो र आगामी प्रधानमन्त्रीमा पनि तेस्रो वैकल्पिक उम्मेदवार बनाउन खोजिएको थाहा पाएपछि उज्यालो नेपाल पार्टीका हर्ताकर्ता घिसिङ बिच्किएको सो पार्टीका नेताहरु बताउँछन् ।

‘रास्वपासँगको एकतापछि चुनाव चिन्ह, नाम,झण्डा जम्मै उसैको हुने भएपछि आफ्नै पार्टी खोलेर बसेका हामी ब्याक हुनुको विकल्प थिएन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘कुलमान बिच्के भन्नुस् या अरु जे अर्थ लगाउनुस् उज्यालो नेपालबाट प्रधानमन्त्री बन्न तयार मन्त्रीलाई धक्का लाग्ने पक्का भएपछि एक्लै अघि बढ्नु परेको हो ।’

‘कुलमान बिच्के भन्नुस् या अरु जे अर्थ लगाउनुस् उज्यालो नेपालबाट प्रधानमन्त्री बन्न तयार मन्त्रीलाई धक्का लाग्ने पक्का भएपछि एक्लै अघि बढ्नु परेको हो ।’

उता रास्वपाका नेताहरुले भने एकीकृत नहुँदा कुलमानको पार्टीले आगामी चुनावमा राष्ट्रिय दलको मान्यता नै नपाउने अवस्था बनेको दावी गर्न थालेका छन् । ‘नेपालमा नयाँ पार्टी स्थापनातर्फ लागेका स्वदेशी तथा विदेशी समूह कुनै न कुनै कोणबाट अझै पनि तिनलाई मिलाउने योजनामा छन्,’ एकजना राजनीतिक विश्लेषक भन्छन्, ‘केही नलागे आगामी चुनावसम्ममा रास्वपा र उज्यालो नेपालका शीर्ष दुई तीन जना नेतालाई आपसमा नलडाउने ‘प्लान बी’ अघि सारेर भए पनि भावनात्मक रुपमा एकाकार गराउन सक्छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖