काठमाडौ । सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट ललितपुर क्षेत्र२ बाट चुनाव लड्ने तयारीमा रहेको जनाइएको छ ।
यो पनि…
खालिदा जियाको अवस्था गम्भीर
ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी) की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था गम्भीर रहेको खबर आएको छ । बीबीसी बङ्गलाका अनुसार उनको मेडिकल टोलीका सदस्य तथा पार्टी स्थायी समितिका सदस्य एजेडएम जाहिद हुसेनले खालिदा जियाको अवस्था नाजुक रहेको बताएका हुन् ।
उनले शनिबार राति ११ : ३० बजे अस्पताल अगाडि आयोजित पत्रकार सम्मेलनमा उक्त बयान दिएका हुन् । ‘बेगम खालिदा जियालाई नजिकबाट निगरानीमा राखिएको छ ।
बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानले देशवासीहरूलाई आफ्नी आमाको लागि प्रार्थना गर्न अनुरोध गरेका छन्’ ब्रीफिङको केही घण्टापछि आइतबार बिहान ६ : ३० बजे, बीएनपी मिडिया सेलले एक पोस्टमा एजेडएम जाहिद हुसेनलाई उद्धृत गर्दै भनेको छ ।
