• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ओलीले छानेका एमाले समानुपातिकको सूचीमा को-को अटाए ?


  • धनकुटा खबर
  • .

काठमाडौं। नेकपा एमालेले समानुपातिक निर्वाचन क्षेत्रको बन्द सूचीमा पार्टी सचिव पद्मा अर्यालदेखि जेनजी पुस्ताकी निता घतानीसम्मको नाम प्रस्ताव गरेको छ।

केन्द्रीय सचिवालयको बैठकमा पूर्व उपाध्यक्ष गुरु बराल, सचिव पद्मा अर्याल,अखिल नेपाल महिला संघकी अध्यक्ष टुका हमाल, युवा संघकी पूर्व .अध्यक्ष निरु पाल, पूर्व प्रमुख सचेतक शान्ता चौधरी र पूर्वसहरी विकास मन्त्री मन्जु चौधरीको नाम पेश भएको एक नेताले बताए।

त्यस्तै जेनजी पुस्ताबाट नवनिर्वाचित केन्द्रीय सदस्य निता घतानीको पनि नाम पेश भएको छ । प्रस्तुत नाममाथि छलफल भएर भोलि अध्यक्षले टुंगो लगाएपछि निर्वाचन आयोगमा पेश गर्ने बताइएको छ।

निता घतानीबाहेक अरु सबै यसअघि सांसद र संविधान सभा सदस्य भइसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖