काठमाडौ । रवि लामिछानेसँगको सहमतिपछि प्रधानमन्त्रीको सम्भावित उम्मेदवारका रूपमा अघि आएका काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह काठमाडौँबाट भने प्रतिनिधिसभा चुनाव नलड्ने मनस्थितिमा पुगेका छन्।
बालेन निकट स्रोतका अनुसार उनी काठमाडौँ बाहिरको क्षेत्रमा उम्मेदवारी दिएर देशव्यापी माहोल बनाउने रणनीतिमा छन्।
पूर्वप्रधानमन्त्री केपी ओलीको क्षेत्र भनेर चिनिने झापा–५ पहिलो प्राथमिकतामा छ भने अन्य क्षेत्रको चर्चा पनि छ यद्धपी अन्तिम टुंगो लागिसकेको छैन।
