• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फ उम्मेदवारको सूची बनाउँदा पार्टीभित्रको समूह व्यवस्थापनका लागि संस्थापन पक्षले ६०/४० को अनुपातमा भागबन्डा गर्ने प्रस्ताव गरेको छ ।

उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । यसक्रममा सभापति शेरबहादुर देउवा पक्षका ६० प्रतिशत समेटिने छन् ।

गगन थापा र शेखर कोइराला समूहका ४० प्रतिशत समेटिने छन् । संस्थापन पक्षबाट आएको प्रस्तावमा महामन्त्री थापा लगायतले अझै स्वीकार्न बाँकी रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖