काठमाडौँ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा आफूले प्रहरीलाई गोली चलाउने आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
नेपाली कांग्रेस सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै लेखकले गोली चलाउन आदेश दिने कानुनी व्यवस्था र परम्परा नभएको पनि बताए ।
‘गृहमन्त्रीले आदेश दिने कानुनी व्यवस्था र अभ्यास छैन । पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ लेखकले भने, ‘मैले गोली प्रयोग गर्ने लिखित मौखिक आदेश दिएको छैन । राजनीतिक व्यक्ति भएका हैसियतले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।’
उनले सोमबार नै जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान पनि दिएका छन् ।
