काठमाडौँ । सुनसरीस्थित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बालेन शाहले जहाँबाट उम्मेदवारी दिएपनि हराउने बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् । शाह काठमाडौँ महानगरपालिकाका मेयर हुन् ।
उनी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
