• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाको समानुपातिक सूचीः चन्द्र ढकालका छोरो सचिनको नाम खस/आर्यको दोस्रो नम्बरमा


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिक उम्मेदवारको बन्दसूचीमा खस/आर्यतर्फ दोस्रो नम्बरमा सचिन ढकाललाई राखेको छ ।

ढकाल चर्चित व्यवसायी एवं उद्यमी चन्द्र ढकालका छोरा हुन् । उनी एफसी चितवनका सञ्चालकसमेत हुन् ।

निर्वाचन आयोगले दिएको समय सीमाअनुसार दलहरुले हिजो समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएका हुन् । रास्वपाले कूल ११० जना उम्मेदवारको बन्दसूची बुझाएको छ ।

जसमा ढकालको नाम खस/आर्यतर्फबाट दोस्रो नम्बरमा रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖