काठमाडौं । नेकपा एमालेको मुख्यालय च्यासल नजिकै चाइनिज पेस्तोल भेटिएको छ ।
उक्त पेस्तोल जेन-जी आन्दोलनको क्रममा बानेश्वर प्रहरी वृत्तबाट लुटिएको पाइएको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले बताए ।
‘कार्यालय नजिकैको झाडीमा फ्याँकिएको अवस्थामा भेटिएको सूचनाको आधारमा हामीले पेस्तोल फेला पारेका हौँ ।
ट्याली गर्दा बानेश्वर प्रहरी वृत्तबाट लुटिएको पाइएको छ’, उनले बताए ।
