• Friday 16th of October 2026

सहकारी ठगीका आरोपी नै नेकपाको समानुपातिक उम्मेदवार


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहकारी ठगीका आरोपी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक उम्मेदवार बनेका छन् ।

काठमाडौँको बुद्धनगरमा रहेको कुण्डलिनी बहुउद्देश्यीय सहकारी समाजका अध्यक्ष टेकबहादुर बलम्पाकीकी श्रीमती सीता दाहाललाई नेकपाले खस आर्यतर्फ समानुपातिक उम्मेदवार बनाएको हो । सोमबार निर्वाचन आयोगमा बुझाइएको सूचीमा उनको नाम तेस्रो नम्बरमा समावेश छ ।

गत वर्षको कात्तिकमा सहकारी संस्थाका सदस्यहरूले आफू सहकारीबाट ठगिएको र भएको बचत फिर्ता नपाइएको भन्दै प्रदेश सहकारी मन्त्रालयमा सहकारीका सञ्चालकविरुद्ध उजुरी दिएका थिए ।

कार्यालयले स्थलगत अनुगमन गरी सहकारी बन्द रहेको मुचुल्का उठाएर गएको छ । तर पीडितले अझै बचत फिर्ता पाएका छैनन् । बचत ठगीमा संलग्न व्यक्ति भने अहिले उम्मेदवार बनेकी हुन्।

साविक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका दाहाल दम्पती कात्तिक १९ गते नेपाली कम्युनिस्ट बनेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा पुगेका थिए ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेलले सांसद बनाउने आश्वासन दिएपछि उनी पार्टीमा फर्किएकी थिइन् ।

‘सहकारी ठगीमा मुछिएका व्यक्तिलाई उम्मेदवार बनाउन नैतिक रूपले, सीता दाहाललाई समानुपातिक सूचीमा राखियो,’ एक पीडितले गुनासो गर्दै भने, ‘यसले हामी पीडितहरूमाथि थप अन्याय भएको महसुस गराएको छ । दलहरूले अपराधीलाई संरक्षण दिँदा न्याय पाउने आशा मरेको छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖