• Friday 16th of October 2026

गोल्ड स्टार ब्रान्डकी विदुषी राणा रास्वपाको समानुपातिक सूचीमा


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा गोल्ड स्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा पनि समावेश भएकी छिन्।

सोमबार रास्वपाले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत पेश गरेको बन्दसूचीमा विदुषी राणा खस–आर्य महिला समूहबाट उम्मेदवारका रूपमा समेटिएकी हुन्। पार्टीले बुझाएको सूची अनुसार खस–आर्य महिलातर्फ पहिलो नम्बरमा प्रतिभा रावलको नाम रहेको छ भने दोस्रो नम्बरमा विदुषी राणाको नाम राखिएको छ।

विदुषी राणा स्वदेशी जुत्ता उद्योग गोल्ड स्टार ब्रान्ड उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक हुन्। लामो समयदेखि उद्योग, उद्यमशीलता र स्वदेशी उत्पादनको क्षेत्रमा सक्रिय रहँदै आएकी राणाको नाम राजनीतिक क्षेत्रमा प्रवेशसँगै चर्चामा आएको छ।

रास्वपाले समानुपातिक सूचीमा विभिन्न क्षेत्रका व्यवसायी, विज्ञ, युवा र महिला प्रतिनिधित्व बढाउने प्रयास गरेको जनाएको छ। पार्टीका अनुसार उद्योग, व्यापार र रोजगारी सिर्जनासँग जोडिएका व्यक्तिहरूलाई नीति निर्माणको तहमा पुर्‍याउने उद्देश्यले यस्ता अनुहारहरूलाई उम्मेदवार बनाइएको हो।

निर्वाचन आयोगमा बुझाइएको बन्दसूची अन्तिम स्वीकृत भएपछि मात्रै समानुपातिकतर्फबाट को–को संसद् पुग्ने भन्ने टुंगो लाग्नेछ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖