• Friday 16th of October 2026

कुखुरा, स्याल र बाख्राको मोर्चाले बाघको सिकार गर्न सक्दैन : एमाले अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भने –

कुखुरा, स्याल र बाख्राको मोर्चाले बाघको सिकार गर्न सक्दैन ।

यो पनि…

लेटाङ, १५ पुस । कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने लेटाङ नगर क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ।

स्थानीयवासीले विद्यार्थी तथा विपन्न वर्ग बढी मारमा पर्ने चिन्ता व्यक्त गरेका छन् भने नगरपालिकाले स्वास्थ्य जोखिम कम गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

स्थानीय ओम प्रसाईंले लगातार यस्तै चिसो रहिरहे विद्यार्थीहरूको अवस्था कठिन हुने भन्दै विद्यालय व्यवस्थापन र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्।

त्यस्तै, निरज पान्डेले गरिब तथा विपन्न परिवारका लागि न्यानो कपडा, सिरक तथा खाद्यान्न वितरणजस्ता राहत कार्यक्रम पनि साथसाथै सञ्चालन भएको भए जनताले सरकारले साथ दिएको महसुस गर्ने टिप्पणी गरेका छन्।

यसैबीच लेटाङ नगरपालिकाले चिसोबाट स्वास्थ्य जोखिम बढ्न सक्ने उल्लेख गर्दै साना बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा न्यानो कपडा प्रयोग गर्न, तातो पानी र न्यानो खाना सेवन गर्न, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन तथा स्वास्थ्य समस्या देखिएमा नजिकको स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न अनुरोध गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार यस वर्ष तराईका २१ जिल्लासहित मोरङमा चिसोको प्रभाव उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएकाले नगरपालिकाले सुझाइएका सतर्कता उपायहरू पालना गरी सुरक्षित रहन सबै नगरबासीलाई आह्वान गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖