• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बादल लक्षित गोकुलको झटारो– ‘रुख–सूर्य मिलेपछि चुनाव लडे भो त’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले उपाध्यक्ष रामबहादुर थापा बादललाई लक्षित गरेर पटक पटक समानुपातिक उम्मेदवार बनेको भन्दै आलोचना गरेका छन् ।

नाम नलिईकन उनले उक्त सूचीबाट नाम फिर्ता लिएर चुनाव लड्न बादललाई चुनौती समेत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्– ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो।अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् ।रुख–सूर्य मिलेपछि चुनाव लडे भो त।अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।समावेशीताकै वेईजत नगर के–त्यो पनि पुरुषले।’

बादलले मङ्गलवार मात्र कांग्रेस र एमाले एक भएर निर्वाचनमा जानुपर्ने बताएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖