पूर्वमन्त्री तथा पूर्वरास्वपा नेता सुमना श्रेष्ठले नयाँ रास्वपालाई शुभकामना दिँदै बलियो वैकल्पिक शक्तिको आवश्यकता औँल्याएकी छन्।
आफू व्यक्तिगत अवसरका लागि राजनीतिमा नआएको र रास्वपा छोड्नुको कारण अवसर नपाउनु नभएको उनले स्पष्ट पारेकी छिन् ।
दलभित्र प्रश्न र आलोचना म’रे लोकतन्त्र समाप्त हुने चेतावनी दिँदै उनले सही प्रश्नले मात्र पार्टीलाई सही दिशामा लैजाने बताइन्।
आफ्नो राजनीतिक यात्राबारे अनुमानमा आधारित धारणा नबनाउन आग्रह गर्दै उनले जनता र लोकतान्त्रिक मूल्य नै राजनीतिको स्थायी आधार भएको उल्लेख गरेकी छिन् ।
