• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

हामीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन, समानुपातिक सूची सच्याउँछौं– रवि लामिछाने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची सच्याउने बताएका छन् ।

पार्टीले बोक्नुपर्ने एक जना पनि व्यक्ति नभएको भन्दै लामिछानेले समानुपातिक सूचीको नाम सच्याउने र केही नाम सूचीबाट निकाल्ने बताए ।

‘जति पनि जायज गुनासा आएका छन्, हामी सबै गुनासो संवोधन गर्छो,’ उनले भने, ‘हामीले बोक्नुपर्ने एउटा पनि मान्छे छैन, समानुपातिक सूची सच्याउँछौं ।’

निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक सूचीमा नेताका परिवार लगायत व्यक्ति समावेश गरेको भन्दै आलोचना बढेको थियो । सभापति लामिछानेले निर्वाचन आयोगमा नाम सच्याउन अझै २ दिन समय रहेको भन्दै केही व्यक्तिको नाम सूचीबाट निकाल्ने पनि उनले बताए ।

‘हामीले केही व्यक्तिको नाम निकाल्ने तयारी गरेका छौं, ११० जना समानुपातिक सूचीबाट १० जना हटाउँदा केही फरक पर्दैन,’ उनले भने ।

विभिन्न पेशा व्यवसायका मानिसको राजनीतिक चेतलाई चुनौती दिन नहुने भन्दै लामिछानेले सबै क्षेत्रको प्रतिनिधित्व प्रतिनिधी सभामा गर्न लागिएको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖