• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

समानुपातिक सूचीमा पर्न नहुने मान्छे परेको रहेछ भने नाम काटिन्छ :रबि लामिछाने


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाइएको बन्दसूचीमा विधिविपरीत वा पर्न नहुने नाम परेको पुष्टि भए काटिने स्पष्ट पारेका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बन्दसूचीमा परिवारवाद वा विधानविपरीत नाम समावेश भएको भन्ने विवादबारे पार्टीले गम्भीर रूपमा समीक्षा गर्ने बताएका हुन्।

लामिछानेले रास्वपाको विधानले परिवारवादलाई स्पष्ट रूपमा निषेध गरेको र आवश्यक परे ‘राइट टु रिकल’ (फिर्ता बोलाउने अधिकार) को व्यवस्था पनि रहेको उल्लेख गरे। उनका अनुसार, यदि सबै प्रक्रिया नाघेर कोही सूचीमा परेको पाइएमा त्यस्ता नाम हटाइनेछ।

साथै, उनले कुलमान घिसिङसँगको सहकार्य र समानुपातिक सूची तयार गर्ने क्रममा समय अभावका कारण केही समस्या देखिन सक्ने स्वीकार गरे। यद्यपि, उनले रास्वपा, बालेन शाह र कुलमान घिसिङबीचको सहकार्यलाई भागबन्डा नभई जिम्मेवारी बाँडफाँडको रूपमा व्याख्या गर्दै विवाद समाधानका लागि पार्टी खुलेर समीक्षा प्रक्रियामा जाने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖