• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

बालेनका पिए रास्वपाको सहमहामन्त्री बन्दै


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)का प्रमुख स्वकीय सचिव(पिए) भूपदेव शाह राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सहमहामन्त्री बन्ने भएका छन्।

रास्वपामा समाहित हुँदा बालेनका तर्फबाट वार्ता समितिमा रहेका स्वकीय सचिव शाहलाई बालेनको सिफारिसमा रास्वपाको सहमहामन्त्री बनाउन लागेको स्रोतले बतायो।

यस्तै स्वकीय सचिव शाह अछाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको उम्मेदवार हुने पनि स्रोतले बतायो। अछाम शाहको जन्मस्थान पनि हो।

२०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौं महानगरको मेयरमा निर्वाचन जितेपछि उनले प्रमुख स्वकीय सचिवमा शाहलाई नै रोजेका थिए। त्यसयता उनी बालेनको सबैभन्दा विश्वासिलो पात्रको रूपमा स्थापित बनेका छन्। बालेनका कतिपय निर्णयमा उनकै भूमिका हुने निकटस्थहरूले बताउने गरेका छन्। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖