• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

विष्णु पौडेलले रोके पार्टी छाडेर जान लागेका घिमिरेलाई


  • धनकुटा खबर
  • .

एमाले छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाने गरी पार्टीबाट अलग भएका बासुदेव घिमिरेलाई पार्टी उपाध्यक्ष विष्णु पौडेलले रोकेका छन् ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलले बिहीबार बुटवल झरेर घिमिरेसँग तिलोत्तमा नगरपालिका–शंकरनगरमा छलफलमा बसेका थिए । पौडेलले घिमिरेसँगको फोटो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै ‘हामी सँगै छौँ’ लेखेका छन् ।

पौडेलसहित नेताहरूबीच भएको छलफलपछि घिमिरेले तत्काल एमाले छाडेर कतै नजाने निष्कर्ष निकालेका छन् । छलफलमा सहभागी एक नेताका अनुसार, ‘पार्टीबाट अलग भएको बताएका घिमिरेलाई पौडेलको पहलमा एमालेमै रहने निचोड निस्किएको हो । पौडेलले भनेपछि नेता घिमिरे एमालेमै रहने निष्कर्षमा पुग्नुभयो ।’

रुपन्देही क्षेत्र नम्बर ५ का निर्वाचित सांसद तथा तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरे एमाले छाड्न लागेपछि जिल्लाको राजनीतिमा तरङ्ग आएको थियो । छलफलमा सहभागी नेताहरूले विष्णु पौडेलको पहलपछि घिमिरे एमालेमै सक्रिय रहने बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖