• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डलाई पक्राउ गर्न माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान हुनुपर्ने माग गर्दै दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

रामेछापका ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकी लगायत २४ जना द्वन्द्व पीडितहरूको रिट २०७९ फागुन २३ गते दर्ता भएको थियो । निवेदकहरूले आफ्ना परिवारका सदस्य मारेको भन्ने अभिव्यक्ति दिएको भन्दै नेकपाका संयोजक दाहाललाई पक्राउ गरी आवश्यक अनुसन्धानको प्रक्रिया अघि बढाउन माग गरेका छन् । दाहालले २०७६ माघ १ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा १७ हजार मध्ये पाँच हजार हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए ।

दाहाललाई प्रतिवादी बनाएर रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान, शंखरलाल लामा, सिन्धुपाल्चोकका दीपक हमाल, गोरखाकी होमकुमारी बजगाईँ, स्वस्तिका अधिकारी, निलम देवकोटा, सीतादेवी ढकाल, जनककुमारी कोइराला, विजय श्रेष्ठ, नवराज पोखरेल, स्याङ्जाकी सावित्री शर्मा, काभ्रेकी पूर्णिमाया लामा, सलामसिंह लामा र ओखलढुङ्गाकी लक्ष्मी श्रेष्ठले रिट दिएका हुन् ।

त्यस्तै, अर्को रिटका निवेदकहरूमा कल्याण बुढाथोकी रामेछाप, कमला राई तिमल्सेना भोजपुर, विनोद सापकोटा गोरखा, हुमराज दवाडी (लमजुङ), पम्फा बुढाथोकी रामेछाप, शिवकुमार बुढाथोकी रामेछाप, सुवास गिरी रामेछाप र चिरञ्जिविवास गिरी धनुषा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖