• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

केपी ओलीको स्थानहद फुकुवा


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीलाई जाँचबुझ आयोगले स्थानहद लगाएको थियो ।
सोमबार (पुस २१) ओलीको स्थानहद फुकुवाको निर्णय भएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए ।

“स्थानहद फुकुवा गर्ने निर्णय भएको छ,” उनले भने । आयोगले आइतबार ओलीको स्टेटमेन्ट लिएको थियो ।

एक अधिकारीका अनुसार ओलीले आइतबार दिएको लिखित ‘स्टेटमेन्ट’पछि स्थानहद फुकुवा गरिएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖