काठमाडौ । बालेन शाहको टिमबाट अभिनेत्री लक्ष्मी बर्देवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा मनोनित भएकी छन्।
यो पनि…
रुकुम पूर्वबाट निर्वाचन लड्न तयार भएका हुन् प्रचण्ड ?
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट निर्वाचन लड्न जिल्ला नेताहरूले प्रस्ताव गरेका छन् ।
आइतबार प्रचण्ड निवासमा रुकुम पूर्वबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, तीन पालिकाका निर्वाचित अध्यक्ष सहितका प्रतिनिधि मण्डलले उक्त प्रस्ताव गरेका हुन् ।
माओवादी जनयुद्धको आधार क्षेत्र रहेको रुकुम पूर्वमा २०६४ सालदेखि नै नेकपा माओवादी केन्द्रले जित्दै आएको छ ।
नेताहरूले राखेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएपनि यहीँबाट निर्वाचन लड्नेबारे कुनै जवाफ नदिएको पूर्वमन्त्री तथा स्थायी समिति सदस्य कमला रोकाले जानकारी दिइन् ।
