काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त पशुपतिनाथको दर्शन गर्न पुगेका छन् ।
शुक्रबार उनी दर्शनका लागि मन्दिर पुगेका हुन् ।
त्यहाँ दत्त पुग्दा कोषका अधिकारीहरूले स्वागत समेत गरेका थिए ।
एक कार्यक्रमको सिलसिलामा उनी बिहीबार काठमाडौँ आएका थिए । काठमाडौँ आएको बखत बिहीबार नै उनको नेकपाका अध्यक्ष प्रच्ण्डसँग समेत भेट भएको थियो ।
