• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

झापा–५ मा ओलीलाई कमजोर पार्न बालेन ‘फण्डा’ ? एमालेको प्रतिआक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को राजनीति झापाबाटै समाप्त गर्ने रणनीति बनाएको आरोप लगाएका छन्।

उनले कुलमान घिसिङ र बालेनलाई अदृश्य शक्तिको दबाबमा रास्वपासँग जबरजस्ती जोडिएको दाबी गर्दै रास्वपाले बालेनलाई मनदेखि स्वीकार नगरेको बताएका छन्। गिरीका अनुसार कुलमान घिसिङ पार्टीबाट बाहिरिसकेपछि अब बालेन पनि रास्वपाको निशानामा परेका छन्।

गिरीले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारिएको घोषणासमेत अदृश्य शक्तिको प्रभावमा गरिएको दाबी गरे। उनका अनुसार यस्तो घोषणा रास्वपालाई मन परेको छैन, किनकि पार्टी निर्माणका लागि रवि लामिछानेसहितका नेता–कार्यकर्ताले ठूलो संघर्ष गरेको अवस्थामा बाहिरबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री बनाउने कुरा स्वीकार्य नहुने अवस्था छ। त्यसैले परिस्थितिजन्य बाध्यताका कारण मात्र रास्वपाले बालेनलाई अघि सारेको उनको भनाइ छ।

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारो पार्न सकिन्छ कि भनेर बालेनलाई ‘फण्डा’का रूपमा प्रयोग गरिएको हुनसक्ने आशंका पनि व्यक्त गरे।

प्रेम गिरीले एमाले आफ्नो बलियो संगठनात्मक शक्तिको आधारमा निर्वाचनमा जाने स्पष्ट गर्दै झापा क्षेत्र नम्बर ५ बाट केपी शर्मा ओली अत्यधिक मतका साथ विजयी हुने दाबी गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖