काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
सानेपामा साढे ७ बजे बसेको बैठक उपसभापति धनराज गुरुङले करिब १ मिनेट बोल्नासाथ बैठक स्थगित गरिएको हो ।
गुरुङले महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जनकारी दिइन् ।
