काठमाडाैँ । नेपाली कांग्रेसमा जारी विवाद समाधानको लागि भएका सबै प्रयासहरू असफल भएका छन् ।
यससँगै पार्टीको विशेष महाधिवेशन निर्वाचनतर्फ मोडिएको छ ।
रातभरका विभिन्न चरणका वार्तापछि पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि निर्वाचनमार्फत नै पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने विशेष महाधिवेशन पक्षधरले स्पष्ट पारेको छ ।
