• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सरकारी टिभी ह्याक, निर्वासित युवराजको सन्देश प्रसारण


  • धनकुटा खबर
  • .

तेहरान । ह्याकरहरूले इरानको सरकारी टेलिभिजनको स्याटेलाइट प्रसारण अवरुद्ध गर्दै देशका निर्वासित युवराज रेजा पहलवीलाई समर्थन गर्ने तथा सुरक्षा फौजलाई ‘जनतामाथि हतियार नउठाउन’ आग्रह गर्ने सन्देश प्रसारण गरेका छन् । सोमबार बिहान अनलाइनमा देखिएको यो अवरोध राष्ट्रव्यापी विरोध प्रदर्शनपछि भएको पछिल्लो ठूलो साइबर आक्रमण हो ।

कार्यकर्ताहरूका अनुसार प्रदर्शन दबाउन सुरक्षा निकायले गरेको कारबाहीमा हालसम्म कम्तीमा तीन हजार ९१९ जनाको मृत्यु भइसकेको छ । सरकारले इन्टरनेट बन्द गरे पनि देशभित्रबाट सूचना बाहिर आइरहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

यसैबिच, शान्तिपूर्ण प्रदर्शनकारीको हत्या र प्रदर्शनको बहानामा सामूहिक मृत्युदण्ड लागू गर्नु अस्वीकार्य भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईवटा ननाघ्नुपर्ने सीमा (लक्ष्मण रेखा) तोकेपछि अमेरिका–इरानबीचको तनाव थप चर्किएको छ ।

केही दिनअघि दक्षिण चीन सागरमा रहेको एक अमेरिकी विमान वाहक सिङ्गापुरको मलक्का जलडमरूमध्य प्रवेश गरेको छ, जसले त्यसलाई मध्यपूर्वतर्फ लैजान सक्ने मार्गमा राखेको देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖