• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले थप ८० नेपालीलाई गर्‍यो निष्कासन


  • धनकुटा खबर
  • .

काठमाडौं : अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानबाट उनीहरूलाई नेपाल फर्काएको हो।

स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।

स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्कासनमा परेका थिए। निष्कासनमा परेका नेपालीहरूलाई अमेरिकाको अध्यागमन प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको समेत गरेको थियो।

निष्कासित भएकाहरूलाई अध्यागमन कार्यालयले थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖