• Sunday 4th of October 2026

नीतिको विहेमा पुगेर पलले खोले पूजाको विहेमा नजानुको कारण


  • धनकुटा खबर
  • .

काठमाडौ । अभिनेत्री पूजा शर्माको विवाहमा नपुगेका अभिनेता पल शाह नीति शाहको विवाहमा देखिएका छन् । अभिनेत्री तथा मोडेल नीति शाह र याञ्चित राणा शुक्रबार धार्मिक विधिअनुसार विवाह सम्बन्धमा बाधिदैछन्।

बुधबार आयोजित सांगीतिक कार्यक्रममा अभिनेता पल शाह र बेनिशा हमालले गरेको धमाकेदार नृत्यले सामाजिक सञ्जाल तताएको छ । भिडियोमा नीतिलाई पलले अँगालो हालेर शुभकामना दिइरहेका छन्। उक्त भिडियो बाहिरिएपछि सबैको मनमा एउटा मात्र प्रश्न आइ रहेको छ, ‘नीतिको विवाह उत्सवमा पुग्ने पल पूजा शर्माको विवाहमा किन गएनन्?’

जब पललाई सोधियो ‘नीतिको सांगीतिक कार्यक्रममा पनि पुग्नु भो तर पूजा शर्माको विवाहमा किन जानु भएन ?’

उक्त प्रश्नको उत्तर पलले सहजै दिएका छन्। उनले भने, ‘नीतिले मलाई एक महिनादेखि नै बोलाएकी र पूजाको तर्फबाट कुनै निमन्त्रणा नआएको अब कुनै निमन्त्रणा आयो र समय मै आयो भने म जाने छु ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖