• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तान–अफगानिस्तान सीमामा भीषण आक्रमण, दुवै पक्षद्वारा भारी क्षतिको दाबी


  • धनकुटा खबर
  • .

इस्लामवाद । पाकिस्तान र अफगानिस्तानबिच सीमा क्षेत्रमा पुन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्कालाई भारी क्षति पुर्‍याएको दाबी गरेका छन्, यद्यपि यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मोशरफ जैदीका अनुसार, पाकिस्तानी सेनाले हालसम्म २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको छ भने ९ वटा कब्जामा लिएको छ। उनले १३३ तालिबान लडाकु मारिएको र २०० भन्दा बढी घाइते भएको दाबी गरेका छन्। साथै, ८० भन्दा बढी ट्यांक, तोपखाना र सशस्त्र सवारी साधनहरू नष्ट गरिएको बताइएको छ।

अर्कोतर्फ, अफगानिस्तानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र दुई वटा आधार शिविर (बेस) कब्जा गरेको दाबी गरेको छ। उनीहरूले ५५ जना पाकिस्तानी सैनिक मारिएको बताएका छन्।

समाचार संस्था एएफपीका अनुसार, शुक्रबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू सुनिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖