• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इरानविरुद्धको सैन्य कारबाहीमा तीन अमेरिकी सैनिक मारिए


  • धनकुटा खबर
  • .

इरानमाथि अमेरिकी सैन्य आक्रमणका क्रममा अमेरिकी सेनाले मानवीय क्षति बेहोरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड ९सेन्टकम० ले आइतबार राति दिएको जानकारी अनुसार, इरानविरुद्धको कारबाहीका क्रममा तीन जना अमेरिकी सैनिक मारिएका हुन्।

शनिबारदेखि अमेरिकाले इरानमाथि आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा भएको यो पहिलो मृत्यु हो। यस क्रममा अन्य पाँच जना सैनिकहरू गम्भीर घाइते भएको समेत अमेरिकी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।

सेन्ट्रल कमाण्डका अनुसार, मारिएका सैनिकहरूको पहिचान तत्काल सार्वजनिक गरिने छैन। सैनिक मर्यादा र नियम अनुसार, मृतकका परिवारलाई जानकारी गराएको २४ घण्टापछि मात्र उनीहरूको नाम सार्वजनिक गरिने सेन्टकमले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖