• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

इजरायल–इरान युद्ध : तेहरानमा नयाँ चरणको हवाई आक्रमण सुरु


  • धनकुटा खबर
  • .

तेहरान । इजरायली सेनाले इरानको राजधानी तेहरानमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको घोषणा गरेको छ।

इजरायली सेनाले आक्रमण सुरु गर्नुअघि तेहरानका बासिन्दाहरूका लागि ‘इभ्याकुएसन वार्निङ’ (ठाउँ खाली गर्ने चेतावनी)जारी गरेको थियो। विशेष गरी इरानको सरकारी प्रसारण संस्थाको मुख्यालय नजिक बसोबास गर्ने नागरिकहरूलाई उक्त क्षेत्र तत्काल छाड्न चेतावनी दिइएको थियो।

यो आक्रमण अमेरिका र इजरायलको इरानसँग चलिरहेको द्वन्द्वको शृङ्खला अन्तर्गत भएको हो। आक्रमणपछि तेहरानमा ठुलो विस्फोटको आवाज सुनिएको थियो र आकाशमा धुवाँको मुस्लो देखिएको थियो।

गएरातिबाट सुरु भएको नयाँ चरणको कारबाहीले मध्यपूर्वमा तनाव थप बढाएको छ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनले खडा गरेका खतराहरूलाई निर्मूल पार्न अमेरिकाले इरानमा ठूलो लडाइँ जारी राखेको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖