• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

लेबननमा नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण


  • धनकुटा खबर
  • .

एजेन्सी । मध्यपूर्वमा जारी तनावबीच लेबननस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई हमला भएको छ।

शुक्रबार दक्षिणपूर्वी लेबननको अलजाबेलस्थित ब्लु लाइन नजिकै संयुक्त राष्ट्रसंघमार्फत खटिएको नेपाली शान्ति सेनाको बटालियन हेडक्वार्टरमा हमला भएको हो।

लेबननको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाली शान्ति सैनिकको क्याम्पमा गोला खसेको भनेर समाचार प्रकाशन गरेका छन्। घटनामा मानवीय क्षति नभएको पनि बताइएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले पनि घटनाबारे जानकारी आएको पुष्टि गर्दै थप विवरण चाँडै सार्वजनिक गरिने बताएका छन्।

इसराइली सेनाले भने घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
यसबारेमा हामीले नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेलाई सोधेका छौं।

बस्नेतले घटनाको पुष्टि गर्दै सामान्य भौतिक क्षतिबाहेक मानवीय क्षति नभएको बताएका छन्।

‘घटना हिजो बेलुकीको हो। अनआइडेन्टिफाइड वस्तु नेप्ब्याडको बटालियन हेडक्वार्टरको एउटा घरमा लागेको हो। कहाँबाट आएको, कसरी आएको भन्ने विषय खुलेको छैन। यसमा युएनले अनुसन्धान गर्छ,’ उनले भने। ‍
घटना हुँदा शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरु सबै बंकरमा रहेको पनि सहायक रथी बस्नेतले जानकारी दिए।

हेटक्वार्टरको उक्त भवनमा भने क्षति भएको छ।
‘त्यहाँ केही आगजनी भएको थियो। पछि निभाइएको थियो। अन्य क्षति केही पनि छैन,’ उनले भने।

अमेरिका र इसराइले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो।

खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इसराइलमा हवाई हमला गरिरहेको छ।

त्यसको जबाफमा अमेरिका र इसराइलले पछिल्लो दिनयता लेबननमा आक्रमण तीव्र पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖