• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी प्रतिनिधिमण्डल इस्लामावादबाट बाहिरियो, इरानले के भन्यो ?


  • धनकुटा खबर
  • .

एजेन्सी । अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र उनको टोली इरानसँगको सम्झौतामा सहमति जुट्न नसकेपछि पाकिस्तानको राजधानी इस्लामावादबाट प्रस्थान गरेका छन्।

बीबीसीका अनुसार, उनीहरू आफ्नो एयर फोर्स टु विमानमार्फत प्रस्थान गरेका हुन् र अमेरिका फर्किरहेका छन्।

पाकिस्तानी गृह मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले अमेरिकी प्रतिनिधिमण्डल त्यहाँबाट प्रस्थान गरेको उल्लेख गरेको छ ।

इस्लामावादबाट उडान भर्नुअघि जेडी भान्सले एक पत्रकार सम्मेलनमा करिब २१ घण्टा चलेको वार्तापछि पनि अमेरिका र इरान कुनै सम्झौतामा पुग्न नसकेको बताए।

यस वार्तालाई लिएर इरानको तर्फबाट पनि भनाइ सार्वजनिक भएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिका आफ्नो ‘अत्यधिक मागहरू’ बाट पछि हट्नुपर्ने बताएका छन्।

इरानी प्रतिनिधिमण्डलसँग नजिक रहेको एक स्रोतले फार्स समाचार एजेन्सीलाई बताएअनुसार अमेरिका वार्ताको टेबल छोड्ने बहाना खोजिरहेको थियो।

‘अमेरिकीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा गुमेको आफ्नो साख जोगाउन यो वार्ता चाहिएको थियो र इरानसँगको युद्धमा हार र गतिरोधका बावजुद उनीहरू आफ्ना अपेक्षाहरू घटाउन तयार थिएनन्,’ अलजजिराले स्रोतको हवाला दिंदै भनेको छ ।

‘इरानको अर्को चरणको वार्ताका लागि अहिले कुनै योजना छैन,’ उनीहरूले थपे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖