• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ ट्यांकरले स्ट्रेट अफ होर्मुज पार गर्‍यो


  • धनकुटा खबर
  • .

तेहरान । अमेरिकी प्रतिबन्धमा परेको चीनसँग सम्बन्धित एक तेल ट्यांकरले मंगलबार स्ट्रेट अफ होर्मुज पार गरेको देखिएको छ । समुद्री ट्र्याकिङ सेवा मरिन टाफिकको तथ्यांकअनुसार उक्त जहाजले स्ट्रेट अफ हर्मुज पार गरेको संकेत मिलेको हो ।

मालावीको झण्डा बोकेको यो ट्यांकरले सोमबार दिउँसो पहिलो प्रयास गरेको थियो । तर इरानको केशम द्वीपनजिकै पुगेर केही समयपछि फर्कियो । त्यसपछि साँझ पुनः प्रयास गर्दै मंगलबार बिहानसम्म स्ट्रेट पार गरेको देखिएको छ ।

फूल स्टार शिपिङ लिमिटेडको स्वामित्वमा रहेको यो जहाज शङघाई जुआनरुन शिपिंग कम्पनी लिमिटेडसँग सम्बन्धित मानिन्छ । इरानसँग सम्बन्ध भएको कारण अमेरिकाले यसलाई सन २०२३ देखि प्रतिबन्ध लगाएको हो । यसअघि यो जहाज फूल स्टार नामबाट हङकङको झण्डामुनि सञ्चालनमा थियो ।

जहाज कुन बन्दरगाहबाट आएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन । हाल अमेरिकाले इरानका बन्दरगाहहरूमा नाकाबन्दी लागू गरिरहेको छ ।

डाटा विश्लेषण कम्पनी केप्लरका अनुसार उक्त ट्यांकरले मेथानोल बोकेको छ भने यसको गन्तव्य चीन रहेको देखिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖