• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

एक विद्यालयमा १४ वर्षीय छात्रले गोली चलाउँदा ९ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । टर्कीमा एक विद्यालयमा गोलीबारी हुँदा नौ जनाको मृत्यु भएको छ । दक्षिण टर्कीमा रहेको विद्यालयमा गोलीबारी हुँदा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको हो ।

टर्कीका गृहमन्त्री मुस्तफा सिफ्सीले कहरामनमारास क्षेत्रको आयसर क्यालिक सेकेन्डरी स्कुलमा घटना भएको पुष्टि गरेका छन् । उनका अनुसार गोलीबारीमा अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनाका दौरान १४ वर्षीय आक्रमणकारी पनि मारिएका छन् । बुधबार भएको गोलीबारीको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖