• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

१२ बर्ष पछि सिरियावाट बाहिरियो अमेरिकी सैन्य टोली


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ बैशाख । लगभग १२ वर्षको सैन्य उपस्थिति पछि अमेरिकाले सिरियाबाट आफ्ना सबै सेना फिर्ता बोलाएको छ ।

 

सो क्रममा अमेरिकाले सिरियामा रहेका आफ्ना सैन्य अड्डाहरू पनि पुरै खाली गरेको छ। 

 

अन्तिम अमेरिकी सैन्य टोली हालै हासाकाहको कास्राक एयर बेसबाट फिर्ता भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिकी सेनाको टोली फिर्ता भए पछि सिरियाली सरकारले अमेरिकाले यसअघि प्रयोग गर्दै आएको सबै अड्डाहरूको नियन्त्रण लिएको थियो।

 

सिरियाली विदेश मन्त्रालयका अनुसार यो कदमले देशलाई एकताबद्ध गर्ने र सम्पूर्ण क्षेत्रमा सरकारी नियन्त्रण स्थापित गर्ने दिशामा एउटा प्रमुख मोड लिएको छ। 

 

अमेरिकी केन्द्रीय कमान्डले लगभग २ हजार सेना छिमेकी मुलुक जोर्डनमा स्थान्तरण गरिररहेको पुष्टि गरेको छ। अमेरिकाले हसकाह, रुमैलान र देइर एज जोरमा रहेका कम्तीमा ७ प्रमुख अड्डाहरू खाली गरेको हो । खाली हुन बाँकी रहेको अन्तिम कास्रक एयर बेस थियो, जुन अहिले सिरियाली सेनाको नियन्त्रणमा रहेको उसले जनाएको छ।

 

यसैबीच, अमेरिका सेना बाहिरिने क्रम जारी रहेसँगै सिरियाली सरकार र बिद्रोही समुह एसडीएफ बीचको सम्झौता पछि कुर्दिश लडाकुहरूलाई राष्ट्रिय सेनामा समाहित गरिने क्रम सुरू भएको छ । सरकारी सेनाले हसाका र कामिशली जस्ता शहरहरूमा तैनाथ गरेको छ र दमास्कसले सीमावर्ती क्षेत्रहरूमा आफ्नो नियन्त्रण बढाएको छ। 

यस वर्षको सुरुमा दुई पक्षबीच झडप भए पनि गत मार्चमा नयाँ सम्झौता भए पछि एसडीएफ र कुर्दिश प्रशासनिक संरचनाहरूलाई राज्यमा क्रमशः एकीकृत गर्ने प्रक्रिया सुरु गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖