• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ जना घाइते


  • धनकुटा खबर
  • .

क्यानबेरा । दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।

दुर्घटखामा परेर एक जना पाइलट र एक जना यात्रुको मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते भएका अन्य ११ जनालाई उपचारका लागि अस्पतालमा लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

आपतकालीन सेवाले घटना पछि उद्धार र राहतको लागि नजिकैको क्षेत्र खाली गरिएको प्रहरीले विज्ञप्ति मार्फत जनाएको छ । प्रहरीका अनुसार एक जना घाइतेलाई गम्भिर चोट लागेको थियो भने अन्यलाइ सामान्य भाट पटक लागेको थियो ।

“उडानको केही समय पछि नै विमान विमानस्थल स्रोतसँग सम्पर्क विहिन भई दुखद दुर्घटनाग्रस्त भएको विमानस्थलका प्रमुख निरीक्षक एन्ड्र्यू म्याक्र्याकेनलाई उदृत गर्दै एबीसी न्यूजले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖