• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

ठूलो पराजय र व्यक्तिगत हारका बाबजुद ममता बनर्जीले पश्चिम बंगालको मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार


  • धनकुटा खबर
  • .

एजेन्सी । ठूलो पराजय र व्यक्तिगत हारका बाबजुद ममता बनर्जीले पश्चिम बंगालको मुख्यमन्त्री पदबाट राजीनामा दिन अस्वीकार गरेकी छन्।

१५ वर्षदेखि सत्तामा रहेको उनको दल तृणमूल कांग्रेस यसपटक ८० सिटमा खुम्चिएको छ भने भारतीय जनता पार्टी (भाजपा) ले २०७ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ। स्वयं बनर्जी पनि भवानीपुर क्षेत्रबाट पराजित भएकी छन्।

यति हुँदाहुँदै पनि उनले चुनावमा हार स्वीकार नगर्ने अडान लिएकी छन्। मंगलबारको पत्रकार सम्मेलनमा उनले भाजपामाथि बेइमानीको आरोप लगाउँदै निर्वाचन आयोगको भूमिकामाथि प्रश्न उठाएकी छन्।

उनले ‘हारको प्रमाण’ नभएको दाबी गर्दै पद नछाड्ने बताएकी छन् भने भाजपाले उनको यस कदमलाई असंवैधानिक र हास्यास्पद भनेको छ। अब उनी भाजपाको विरोधमा सडक संघर्षमा उत्रिने तयारीमा छिन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖