• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाले क्युबा माथी हमला गर्न सक्ने, क्युबेली जनता छापामार तालिम लिदैँ


  • धनकुटा खबर
  • .

काठमाडौं, ४ बैशाख । सीआईए प्रमुख जोन रेटक्लिफको हवाना भ्रमण पछि क्युबामा अमेरिकी आक्रमणको डर बढेको छ। 

क्युबाली सरकारले सम्भावित सैन्य टकरावको लागि युद्धको तयारीलाई भित्र भित्रै तीव्र बनाएको छ।

क्युवाले आफ्नो नागरिकलाई छापामार युद्धको तालिम दिइरहेको छ र आपतकालीन अवस्थाको लागि तयार रहनसमेत आग्रह गरिसकेको छ। हवानाका धेरै सरकारी भवनहरूलाई सम्भावित अमेरिकी आक्रमणको लागि तयारी गर्न निर्देशन दिइएको सिएनएनले उल्लेख गरेको छ।

उता, क्युबाले लामो समयदेखि अमेरिकी तेल नाकाबन्दी र आर्थिक दबाबको सामना गरिरहेको छ, जसमा धेरै क्षेत्रहरूमा बिजुली कटौती, इन्धन अभाव र आवश्यक सामानको अभाव अहिले पनि कायमै रहेको छ।

क्युबाली राज्य सञ्चालित मिडियाले सर्वसाधारणलाई सैन्य तालिम दिइरहेको देखाएको थियो । सो रिपोर्टहरूमा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको ‘सम्पूर्ण जनसंख्याको युद्ध’ को रणनीतिको एक भागको रूपमा उनीहरूलाई छापामार युद्ध सिकाइन थालिएको भनिएको छ।

केही भिडियोहरूमा सैनिकहरूले पुराना सोभियत हतियारहरूसँग अभ्यास गरिरहेको देखाइएको थियो भने एउटा भिडियोमा बिदेशी सामु बन्दुकहरू तेर्साइएको पनि देखाइएको थियो।

अमेरिकी गुप्तचर निकाय, सीआईएका प्रमुख जोन रेटक्लिफ यसै साता क्युबाको राजधानी हवाना आइपुगेका थिए। रिपोर्टहरूले संकेत गर्दछ कि उनी संयुक्त राज्य अमेरिका लेखिएको विमानमा त्यहाँ गेका थिए, जसले धेरैको ध्यान आकर्षित गरेको थियो । धेरै क्युबालीहरूले यसलाई एक प्रमुख राजनीतिक संकेतको रूपमा व्याख्या गरिरहेका छन् ।
 
क्युबाली सरकारले लामो समयदेखि सीआईएलाई शत्रु मान्दै आएको छ। १९६० को दशकमा सीआईएले फिडेल क्यास्ट्रोको हत्या गर्ने योजना बनाएको थियो, जसमा विस्फोटक सिगार र विषाक्त सुटहरू प्रयोग गरेर प्रयास गरेको थियो । ती अहिले पनि सीआईए गतिविधिमा समर्पित संग्रहालयहरू क्युबामा अवस्थित रहेका छन्।

गत जनवरी देखि अमेरिकाले भेनेजुएलाबाट क्युबामा तेल आपूर्ति लगभग रोकेको छ। अन्य देशहरूलाई पनि क्युबालाई तेल आपूर्ति नगर्न चेतावनी दिइएको छ। हालै, अमेरिकी तटरक्षक दलले कोलम्बियाबाट क्युबा जाँदै गरेको तेल ट्याङ्करलाई रोकेको थियो ।

क्युबाली विज्ञ पिटर कोर्नब्लुहले सीएनएनलाई भने कि यो इतिहासको ठूलो विडम्बना हो। उनले भने कि रेटक्लिफ क्युबामा एउटा प्रस्ताव लिएर आएका थिए, जुन अस्वीकार गर्न गाह्रो थियो। उनले यस भ्रमणलाई दबाब कूटनीतिको रूपमा वर्णन गरेका छन् ।

सैन्य इतिहासकार हाल क्लेपाचले सीएनएनलाई बताएअनुसार आधुनिक हतियारको अभाव भए पनि क्युबाली सेनाले अमेरिकी आक्रमणको लामो समयसम्म प्रतिरोध गर्न सक्छ। उनले भने कि क्युबाले प्राकृतिक प्रकोपको समयमा ठूलो मात्रामा मानिसहरूलाई परिचालन गर्ने क्षमता पनि प्रदर्शन गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖