• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

मोदी र मेलोनीको ‘रोमान्टिक मुड’का तस्विरहरू भयो भाइरल


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिखेर इटलीको भ्रमणमा रहेकी छिन्  । 

 

भारतीय प्रधानमन्त्री मोदी र इटालीका समकक्षी जर्जिया मेलोनी दुवै सेलिब्रेटी नेता दुवै ‘रोमान्टिक मुड’ देखिएको भन्दै यतिखेर ती तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन ।

 

मध्यपुर्व, नर्बे हुदैँ हिजो मोदी इटाली पुगेका थिए, जहाँ उनको भब्य स्वागत गरिएको थियो । दुवै नेता रात्रीकालिन यात्रामा निस्केका थिए, जहाँ उनले रोमको प्रसिद्द कोलिसियको भ्रमण पनि गरेका थिए । 

 

मोदीसँग सेल्फी खिचेको तस्विर राख्दै इटालीकी सेलिब्रेटी प्रधानमन्त्री मेलोनीले भनेकी छिन, ‘रोममा स्वागत छ, मेरो साथी ।’

 

उता, मोदीले पनि रोममा न्यानो स्वागत गरेकोमा धन्यबाद दिएका छन् । ‘रोममा अवतरण गरे पछि प्रधानमन्त्री मेलोनीलाई रात्रिभोजमा भेट्ने अवसर मिल्यो र त्यसपछि प्रतिष्ठित कोलोसियमको भ्रमण गरयौं,’ मोदीले मेलोनीको तस्विर राख्दै भनेका छन, ‘हामीले विभिन्न विषयहरूमा दृष्टिकोण आदानप्रदान गर्यौं। आजको हाम्रो वार्ताको लागि तत्पर छौं, जहाँ हामी भारत–इटाली मित्रतालाई कसरी बढाउने भन्ने बारेमा कुराकानी जारी राख्नेछौं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖