• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

युद्धको त्रास चिर्दै स्ट्रेट अफ होर्मुज पार गरेको तेल ट्याङ्कर जापान पुग्यो


  • धनकुटा खबर
  • .

टोकियो । इरानको अमेरिका र इजरायलसँगको युद्ध सुरु भएयता पहिलो पटक स्ट्रेट अफ होर्मुज पार गरेर आएको जापानी तेल ट्याङ्कर जापान पुगेको छ।

पानामाको झन्डावाहक ट्याङ्कर इदेमिसु मारु सोमबार जापानको होन्सु टापुस्थित चिता सहरनजिकको बन्दरगाहमा आइपुगेको हो।

यो जहाजले अप्रिल महिनामा युद्धका बिच पनि सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गरेको थियो। ‘इदेमिसु मारु’ले करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको छ।

जापानका मुख्य क्याबिनेट सचिव मिनोरु किहाराले यसलाई ऊर्जा आपूर्तिका दृष्टिले ‘सकारात्मक खबर’ भनेका छन्। उनका अनुसार जापानले आफ्नो तेल आपूर्तिलाई स्थिर राख्न कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ।

जापान पश्चिम एसियाको तेल आपूर्तिमा अत्यधिक निर्भर देश हो। हालको युद्धका कारण तेलको मूल्य बढेपछि जापानले आफ्नो रणनीतिक भण्डारबाट ऐतिहासिक मात्रामा पेट्रोलियम पदार्थ झिकेर चलाउनुपरेको छ।

अहिले पनि जापानसँग सम्बन्धित करिब ३९ जहाज खाडी क्षेत्रमा अड्किएका छन्, जसमध्ये केहीमा जापानी चालक दल पनि छन्। जापानी सरकारका अनुसार ती जहाजहरूलाई सुरक्षित रूपमा स्ट्रेट पार गराउन कूटनीतिक प्रयास जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖