• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

इरानले अमेरिकी ड्रोन खसालेको दाबी


  • धनकुटा खबर
  • .

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको एक अमेरिकी ड्रोन खसालिएको दाबी गरेको छ ।

उक्त ड्रोनलाई शत्रुको विमानका रूपमा पहिचान गरेर कारबाही गरिएको बताइएको छ । आईआरजीसीका अनुसार खसालिएको ड्रोन एमक्यू–९ रीपर हो ।

इरानी सेनाले यसलाई आफ्नो हवाई क्षेत्र उल्लङ्घनको स्पष्ट प्रमाण भन्दै वैध र निश्चित अधिकार प्रयोग गरेर प्रतिक्रिया दिएको दाबी गरेको छ ।

इरानले यो पनि भनेको छ कि अमेरिका वा कुनै अन्य पक्षले युद्धविरामको उल्लंघन गरेमा प्रतिक्रिया दिने अधिकार सुरक्षित राखिएको छ। यसले हालको तनावपूर्ण युद्धविराम झनै कमजोर अवस्थामा पुगेको संकेत गरेको छ ।

हालसम्म अमेरिका पक्षले ड्रोन खसालिएको दाबीबारे औपचारिक प्रतिक्रिया दिएको छैन । यो घटनाअघि नै अमेरिकी सेनाले इरानका रकेट–लन्च साइटहरूमा रक्षात्मक कारबाही गरेको जनाएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖