• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानको रणनीतिक बन्दरगाह सहर बन्दार अब्बासस्थित एक सैन्य क्षेत्रलाई निशाना बनाएर पुनः नयाँ आक्रमण गरेको छ। तीन दिनभित्र अमेरिकाले इरानमाथि गरेको यो दोस्रो आक्रमण हो।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार उनका सेनाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा खतरा उत्पन्न गराइरहेका इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ समेत खसालेका छन्। बन्दार अब्बासमा पाँचौँ ड्रोन प्रक्षेपणको तयारी भइरहेका बेला उक्त सैन्य स्थलमा आक्रमण गरिएको सेन्टकमले जनाएको छ। इरानी सञ्चारमाध्यमहरूले सो सहरको पूर्वतर्फ ठुला विस्फोटका आवाजहरू सुनिएको उल्लेख गरेका छन्।

यो आक्रमण अमेरिका र इरानबिच कायम रहेको कमजोर युद्धविराम र विगत तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि भइरहेको लामो वार्ताका बिच भएको हो। यस युद्धका कारण स्ट्रेट अफ होर्मुजमा ढुवानी ठप्प भएको छ भने विश्व बजारमा इन्धनको मूल्य अत्यधिक बढेको छ।

अमेरिकाले यी आक्रमणहरू आत्मरक्षाका लागि गरिएको दाबी गरे पनि यसले युद्धविरामलाई सङ्कटमा पारेको छ। सेन्टकमले आफ्नो कदमलाई ‘विशुद्ध रूपमा रक्षात्मक र युद्धविराम कायम राख्ने उद्देश्यले प्रेरित’ भनी टिप्पणी गरेको छ।

यसअघि सोमबार पनि अमेरिकाले दक्षिण इरानमा ‘आत्मरक्षा’ का लागि भन्दै आक्रमण गरेको पुष्टि गरेको थियो। त्यसबेला स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने प्रयास गरिरहेका इरानी क्षेप्यास्त्र स्थल र डुङ्गाहरूलाई निशाना बनाइएको थियो, जहाँ द्वन्द्वका कारण हजारौँ व्यावसायिक ट्याङ्कर जहाजहरू अलपत्र परेका छन्। सेन्टकमले ती आक्रमणहरू आफ्ना सैनिकहरूलाई इरानी सेनाको खतराबाट जोगाउनका लागि गरिएको बताएको थियो।

बुधबार आयोजित क्याबिनेट बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कमजोर अवस्थामा रहेर वार्ता गरिरहेको’ टिप्पणी गर्दै आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्नो युद्ध रणनीतिमा कुनै असर नपार्ने जिकिर गरे।

इरानले भने यी आक्रमणहरूको कडा निन्दा गर्दै यसलाई ‘युद्धविरामको गम्भीर उल्लंघन’ भनेको छ। इरानी सरकारले ‘कुनै पनि शत्रुतापूर्ण कार्यको जवाफ नदिई नछाड्ने’ चेतावनी दिएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले आफ्नो आकाशमा प्रवेश गरेको एउटा अमेरिकी ड्रोन खसालेको र एउटा फाइटर जेट तथा अर्को ड्रोनमाथि गोलीबारी गरेको दाबी गरेको छ, यद्यपि यो घटना कहिले भएको हो भन्नेबारे विस्तृत खुलाइएको छैन।

यसैबिच, बुधबार आयोजित क्याबिनेट बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कमजोर अवस्थामा रहेर वार्ता गरिरहेको’ टिप्पणी गर्दै आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनले आफ्नो युद्ध रणनीतिमा कुनै असर नपार्ने जिकिर गरे। ट्रम्पले भने, ‘शायद हामीले फिर्ता गएर यसलाई टुङ्ग्याउनुपर्छ, वा शायद पर्दैन।’

Nabil bank
सोही बैठकमा उनले खाडी राष्ट्रहरूलाई इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्न ‘अब्राहम एकर्ड्स’ मा हस्ताक्षर गर्न समेत आग्रह गरे। इजरायलले गत फेब्रुअरी २८ मा अमेरिकासँगै मिलेर इरानविरुद्ध युद्ध सुरु गरेको थियो र हाल ऊ लेबनानमा इरान समर्थित हिजबुल्लाहसँग पनि युद्धमा होमिएको छ।

गत हप्ताको अन्त्यमा दुवै पक्षले प्रगति भएको सङ्केत गरेपछि सम्झौता नजिकिएको अड्कलबाजी गरिए पनि तेहरानले सम्झौता तत्कालै नहुने स्पष्ट पारेको थियो ।
राष्ट्रपति ट्रम्पले इरान आफ्ना सर्तहरूमा सहमत नभए पुनः ठुलो स्तरमा बमबारी अभियान सुरु गर्ने धम्की दिएका छन्। गत साताको अन्त्यमा शान्ति सम्झौताका विषयमा सकारात्मक देखिँदै धेरैजसो कुराहरू तय भइसकेको बताएका ट्रम्पले बुधबारको बैठकसम्म आइपुग्दा अमेरिका ‘सन्तुष्ट नरहेको’ बताए।

उनले तेहरान सम्झौता गर्न इच्छुक भए पनि अहिलेसम्म सहमति जुट्न नसकेको उल्लेख गर्दै वार्ता असफल भएमा पुनः आक्रमण गर्ने चेतावनी दोहोर्‍याए। उनले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्, मलाई लाग्दैन कि उनीहरूसँग अर्को कुनै विकल्प छ। कि त सम्झौता हुन्छ, कि हामीले यो काम पूरा गर्नुपर्ने हुन्छ।’

ट्रम्पको यो बयान इरानी सरकारी टेलिभिजनले एक मस्यौदा सम्झौताको विवरण सार्वजनिक गरेलगत्तै आएको हो, जसमा स्ट्रेट अफ होर्मुज पुनः खोल्ने र यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता गर्ने विषय उल्लेख थियो। ह्वाइट हाउसले उक्त मस्यौदालाई ‘पूर्ण रूपमा कपोलकल्पित’ भन्दै खारेज गरिदिएको छ।

गत हप्ताको अन्त्यमा दुवै पक्षले प्रगति भएको सङ्केत गरेपछि सम्झौता नजिकिएको अड्कलबाजी गरिए पनि तेहरानले सम्झौता तत्कालै नहुने स्पष्ट पारेको थियो भने ट्रम्पले आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएका थिए।-बीबीसी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖