• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

फिलिपिन्समा शक्तिशाली भूकम्प : मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते


  • धनकुटा खबर
  • .

मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।

फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको ज्यान गएको हो। उक्त क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सान्तोस सिटीसहित चार प्रान्त तथा एक शहरमा फैलिएको छ।

भूकम्पका कारण कम्तीमा १२९ जना घाइते भएका छन् भने उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले मिन्डानाओका छ वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड भएको जनाएको छ। स्थानीय समयअनुसार बिहान ७ः४२ बजेदेखि ८ः४५ बजेसम्म सुनामीका छालहरू देखिएका थिए, जसमध्ये सबैभन्दा अग्लो छाल १.४ मिटर उचाइको रहेको बताइएको छ।

यस्तै, स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १३८ वटा पराकम्पन रेकर्ड गरिएको फिलिपिन्स इन्स्टिच्युट अफ भल्केनोलोजी एन्ड सिस्मोलोजीले जनाएको छ। ती पराकम्पनहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖