• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

भारतीय वायुसेनाको विमान दुर्घटना, पाइलट सहित ५ सैनिकको मृत्यु


  • धनकुटा खबर
  • .

गुवाहाटी । भारतको असम राज्यस्थित जोरहाटको रौरिया सैन्य विमानस्थलमा शनिबार बिहान अवतरणका क्रममा भारतीय वायुसेनाको एक विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित ५ जना सैनिकको मृत्यु भएको छ। दुर्घटनामा एक को–पाइलट घाइते भएका छन्।

भारतीय वायुसेनाका अनुसार दुर्घटनामा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिस आलमको ज्यान गएको हो। घाइते को–पाइलटको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

विमान शनिबार बिहान करिब १० बजे रौरिया एयरबेसमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको प्रारम्भिक जानकारी सार्वजनिक भएको छ। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको भारतीय वायुसेनाले जनाएको छ।

दुर्घटनापछि घटनास्थलमा उद्धार तथा सुरक्षा टोली परिचालन गरिएको थियो। वायुसेनाले मृतक सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖